Logo

२५ असोज वीरगञ्ज ।
आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पर्सामा १२ पदका लागि १४४ जनाको उम्मेदवारी परेको छ ।

मुख्य राजनीतीक दलहरुले चुनावी तालमेल गरेर निर्वाचनका लागि होमिएपछि टिकट नपाउँदा अधिकांश दलका नेता कार्यकार्ताले नंै स्वतन्त्र उम्मेदवारी दिएको पाइएको छ । जसपा, लोसपा र नेपाली काग्रेसमा आबद्ध दलका नेताहरुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पर्साका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा निर्वाचन क्षेत्रमा आइतबार भएको मनोनयनमा १४४ जनाको उम्मेदवारी परेको छ । तीमध्ये स्वतन्त्र उम्मेदवारको संख्या ८२ छ ।

प्रतिनिधिसभा सदस्यको चार स्थानको पदका लागि ५० जनाको उम्मेदवारी परेकोमा २४ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये दलगतरुपमा १० जनाको र स्वतन्त्र १२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले बताए ।

त्यस्तै प्रदेशसभा सदस्यका लागि पर्सा १ को (क) मा १७ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैगरी प्रदेश तर्फको पर्सा १ को (ख) मा १६ जनाको उम्मेदवारी परेकोमा १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत पोखरेलले बताए ।

पर्साको निर्वचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य तर्फ ११ जनाले उम्मेदवारी दिएकोमा ३ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । पर्सा क्षेत्र नम्बर २ को (क) मा प्रदेशसभा सदस्यका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसैगरी पर्सा २ को (ख) तर्फ प्रदेशसभा सदस्यका लागि १४ जनाको उम्मेदवारी दर्ता भएकोमा ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत सुशील देवकोटाले बताए ।

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यका लागि ११ जनाको उम्मेदवारी परेकोमा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभा सदस्यमा पर्सा ३ को (क) बाट १३ जनाले उम्मेदवारी दिएकोमा ८ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । त्यस्तै पर्सा ३ को (ख) मा १४ जनाले उम्मेदवारी दिएकोमा ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृत योगनाथ ढकालले बताए ।

पर्साको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतीनीधीसभा सदस्य तर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैगरी पर्सा ४ को (क) मा प्रदेश सभा सदस्यका लागि ४ जनाको उम्मेदवारी परेकोमा १ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने ४ को (ख) बाट ७ जनाले उम्मेदवारी दिएकोमा ४ जनाको स्वतन्त्र उम्मेदवारी परेको क्षेत्र ४ का निर्वाचन अधिकृत रमेश श्रेष्ठले बताए ।

हाल सम्म प्राप्त भएको बिवरणहरुका अनुसार जसपा र नेपाली काग्रेसबाट पर्सामा सबै भन्दा बढी असन्तुष्टी देखिएको छ । यद्यपी नेताहरुले बागी उम्मेदवारहरुको उम्मेदवारी फिर्ता हुने दावी गरी रहेका छन् ।


सम्बन्धित समाचार