Logo

१ कार्तिक, वीरगञ्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको पाँच थान मोटरसाइकल सहित ६ जना व्यक्तिलाई पक्राउ गरि मंगलवार सार्वजनिक गरेको छ ।

विभिन्न मितिमा फरक फरक स्थानबाट मोटरसाइकल चोरीभएको सूचना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको आधारमा विभिन्न स्थानमा भएको आकस्मीक चेकजाँचका क्रममा मोटरसाइकल र व्यक्तिहरुलाई पक्राउ गर्न सकिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले वताए ।

वीरगञ्ज महानगरपालिका वडा नंं. १३ राधेमाई बस्ने बर्ष २१ का सुमित कुशवाहा, वडा नंं. १२ मूर्ली बस्ने बर्ष १९ का राजन मण्डल र सोही ठाउँ बस्ने बर्ष २५ का अवय मण्डललाई प्रदेश नंं. २–०३–००३ प ७५०९ र ना ३७ प २०२४ नम्वरको मोटरसाइकल सहित ड्राइर्पोटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नंं. ११ रानिघाट बस्ने बर्ष २० का नन्दन कुमार चौससियालाई ना १८ प ४२१९ नम्वरको मोटरसाइकल सहित रामगढवाबाट प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी वीरगंज महानगरपालिका वडा नंं १० घडिअर्वा बस्ने रिकी मण्डललाई ना ४२ प ९८२९ नम्वरको मोटरसाइकल सहित नेशनल मेडिकल कलेज नजिकको चोकबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक गिरीले जानकारी दिए ।

प्रहरीले पर्सा पोखरीया नगरपालिका वडा नंं. ६ सिर्सिया घर बताउने बर्ष २५ का खरबुद आलमकोले प्रयोग गरेको अवस्थामा ना १० प ५०५१ नम्वरको मोटरसाइकल सहित उनलाई सखुवाप्रसौनी गाउँपालिकाको वडा नंं २ गुलवरियाबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ६ जनालाई चोरी सम्वन्धी कसुरमा अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक गिरीले जानकारी दिए ।


सम्बन्धित समाचार