Logo

२ कार्तिक, वीरगन्ज । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पर्साले जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा समानुपातिक मतपत्र पुर्‍याइ सकेको छ ।

निर्वाचन आयोगबाट जिल्ला निर्वाचन कार्यालयमा ल्याइएका मतपत्र कडा सुरक्षाका साथ जिल्लाको लंगडी, पोखरिया र जिल्ला समन्वय समिति पर्सामा स्थापना गरिएका चारवटै निर्वाचन अधिकृतको कार्यालयलाई हस्तान्तरण गरेको जिल्ला निर्वाचन अधिकारी राञ्जिता झाले बताउनुभयो ।

३ लाख ४५ हजार ९ सय २८ मतदाता रहेको पर्सामा चार वटा प्रतिनिधिसभा र आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ ।


सम्बन्धित समाचार