Logo

८ कार्तिक, वीरगञ्ज । वीरगञ्जको अलौमा कौडा खेलिरहेको अवस्थामा १ लाख १८ हजार नगद सहित ४ जना प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नंं १७ अलौ वस्ने बर्ष २८ का लक्ष्मी सहनी, बर्ष अनिल प्रसाद साह, बर्ष ४० का मुकेश गुप्ता र बर्ष ३९ का जाकिर मियाँलाई कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान गर्न हिरासतमा राखेको प्रहरीले जनाएको छ । उनीहरुलाई जुवा ऐन अनुसार कार्वाही गरिने प्रहरीको भनाई छ ।


सम्बन्धित समाचार