Logo

१२ कात्तिक, वीरगञ्ज । बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज स्थित एक निजी अस्पतालमा कार्यरत कर्मचारीलाई प्रहरीले शनिवार अस्पतालमा कार्यरत रहेको अवस्थामा पक्राउ गरेको छ ।

बाराको परवानीपुर गाउँपालिका वडा नं. २ मुसहर टोल घरभई वीरगञ्ज बहुअरी स्थित स्पर्श मल्टी स्पेस्यालीटी अस्पतालमा सफाईकर्मीको रुपमा कार्यरत २३ वर्षीय आकाश कुमार मण्डल भनिने सनी कुमार मण्डललाई प्रहरीले बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

असोज २३ गते राति १५ वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेको भनी जिल्ला प्रहरी कार्यालय पर्सामा परेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

घटना असोज २३ गतेको भएपनि उजुरी भने कात्तिक ८ गते मात्रै परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उजुरी परेलगत्तै आकाशलाई पक्राउ गरी घटनाका बारेमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक गिरीको भनाई छ ।

बालिका सोही अस्पतालमा भर्ना भएका आफन्तलाई भेट्न आउने जाने गर्थिन् । चिनजान पछि फोनमा समेत कुराकानी हुने गरेको थियो । असोज २३ गते भने आकाशले जर्बजस्ती करणी गरेको आरोप बालिका पक्षको छ ।

अस्पताल प्रशासनले भने केटा केटी विच पहिले देखिनै चिनजान भएको र अस्पतालमा उनीहरु विच भेटघाट हुनेगरेको भएपनि घटना अस्पताल बाहिर भएको जनाएको छ । अस्पताल हाता भित्र यस्तो घटना भएको होइन अस्पतालका संचालक महेश्वर कुर्मीे भने “उसका विरुद्ध प्रहरीमा उजुरी परेको थाहा पाएपछि हामीले कामबाट हटाएका छौं ।”


सम्बन्धित समाचार