Logo

१४ कार्तिक, वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय संरचना हटाउदै केन्द्रीय र स्थानीय तहको व्यवस्था गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि राप्रपाले घोषणापत्र जारी गर्दै संघीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने मुद्दा पनि अगाडि सारेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्रमा एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको अध्यक्ष र प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने कानुन बनाउने विषय घोषणापत्रमा उल्लेख गरेको छ । हाल नेपालमा जति पटक पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ भने एउटै व्यक्ति कुनै पनि पार्टीको दशकौं अध्यक्ष भएर बस्न पाउने कानुनी व्यवस्था छ ।

राप्रपाले राजनीतिक दलसम्बन्धि कानुन परिमार्जन गरेर एक व्यक्ति कुनै पनि पार्टीको अध्यक्षमा दुई कार्यकाल मात्रै बस्न पाउने भन्ने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । शासकीय संरचनाबारे पनि राप्रपाले छोटकरीमा घोषणापत्रमा उल्लेख गरेको छ । राजतन्त्रको पक्षमा रहँदै आएको राप्रापाले घोषणापत्रमा उक्त कुरालाई उल्लेख गरेको छ ।

अभिभावकीय संस्थाको रूपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद्,ु शासकीय स्वरुपबारे राप्रपाले लेखेको छ । हाल नेपालमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासकीय संरचना रहेको छ । यो संरचनाको व्यवस्था २०७२ सालमा संविधानसभाद्वारा जारी भएको संविधानबाट गरिएको हो भने २०७४ सालदेखि कार्यान्वयनमा आएको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन् । राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि केही स्थानमा एमालेसँग तालमेल गरेको छ भने अधिकांश ठाउँमा एक्लै उम्मेदवार उठाएको छ ।

राप्रपाको घोषणा पत्रको पूर्णपाठ

rpp manifesto


सम्बन्धित समाचार