Logo

२१ कार्तिक, वीरगञ्ज । पर्साको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रमेश रिजालले निर्वाचन आचार संहिता अनुगमन अधिकृतलाई कुनै किसिमको धम्की नदिएको स्पष्ट पारेका छन ।

पर्साको जगरनाथपुर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बापतको गत आर्थिक बर्षको चौथो त्रैमासिक रकम निकासा गर्न बाँकी रहेको विषयमा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख समेत रहेका अनुगमन अधिकृत रुद्र बहादुर कार्कीलाई आफूले निकासा गरिदिन फोन गरेको बताए ।

जनताको सेवा प्रवाहमा देखिएको समस्या समाधानको लागि फोन गर्दा दूरासयपूर्ण भावनाले कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख समेत रहेका निर्वाचन आचार संहिता अनुगमन अधिकृतले आफूमाथि गलत नियतले उजुरी गरेको रिजालले जानकारी दिए । जनताको सेवासँग जोडिएको विषयमा फोन गर्दा निर्वाचनको विषयसँग सम्बन्ध नै रहेको कुरालाई जोडेर गलत नियतले आफूमाथि गलत भ्रम फैलाएको रिजालको जिकिर छ ।

यता कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख रुद्रबहादुर कार्कीले जगरनाथपुर गाउँपालिकाको लेखापरिक्ष प्रतिवेदनको रिर्पोट समयमा नआएकोले रकम निकासामा ढिलाई भएको बताए । केही प्राविधिक कारणले ढिलाई भएको थियो उक्त रकम आइतवार गाउँपालिकामा पठाइएको छ कार्कीले भने ।

आइतवार निर्वाचन आयोगले पर्सा जिल्लाको आचार संहिता अनुगमन अधिकृतको रुपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीको सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरेको छ ।

पर्साको निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले कार्कीलाई फोनमार्फत धम्की दिएको तथा गालीगलौज गरेको भन्ने लिखित उजुरी परेकोले कार्कीको आवश्यक सुरक्षा प्रबन्ध तत्काल मिलाइ उम्मेदवार रिजालका आचारसंहिता विपरीतका गतिविधि उपर आवश्यक निगरानी गरी आयोगमा प्रतिवेदन पेश गर्न प्रहरीलाई भनिएको छ ।

पर्सा क्षेत्र नं. ४ का नेपाली कांग्रेसका उमेदवार रमेश रिजालले गाउँपालिकामा आफ्नो मान्छे लेखामा राख्नको लागि कोष तथा लेखा नियन्त्रण प्रमुखले दवाव दिदै सामाजिक सुरक्षाको रकम रोकेको सूचना पाएपछि रकम नरोक्न आग्रह गरेको विषयलाई निर्वाचनसँग जोडनु गलत मनसाय देखिएको बताए । निष्पक्ष निर्वाचनका लागि अनुगमनको जिम्मेवारी पाएको अख्तियार प्राप्त अधिकारीबाट पूर्वाग्रही रुपमा निर्वाचनसँग सरोकार नभएको विषय प्रवेश गराउन खोज्नुले यसमा नियत देखिन्छ रिजालले भने ।
कांग्रेसका उमेदवार रमेश रिजालको पहलमा उक्त रकम हिजो (आइतबार)मात्र गाउँपालिकाको खातामा कोष तथा लेखा नियन्त्रण कार्यालयले पठाएको छ ।


सम्बन्धित समाचार