Logo

२२ कार्तिक, वीरगञ्ज । नेकपा एमाले पर्साले पार्टीका उमेदवार विरुद्ध लागेको भन्दै दुई गाउँपालिका प्रमुखलाई स्पष्टीकरण लिने निर्णय बाहिरिएपछि एमालेका कार्यकर्तामा हङ्गामा मच्चिएको छ । नेकपा एमाले पार्टीका जिल्ला सचिव तथा छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसँग स्पष्टीकरण लिने निर्णय भएको छ ।

एमाले–जसपा गठबन्धनबाट पर्साको ४ वटै निर्वाचन क्षेत्रबाट उमेदवार बनेका प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदका उमेदवारहरु र पार्टीका जिल्लामा रहेका जिम्मेवार नेतृत्व विच बसेको बैठकले मनोज गुप्ता र जसवन्त यादवसँग स्पष्टीकरण लिने बिषयमा छलफल भएको एमाले पर्साका अध्यक्ष जयप्रकास थारुले बताए ।

बैठकमा जसपाका नेता मुख्यमन्त्री लालबाबु राउत, पूर्व मन्त्री एंव पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यमा जसपाका उमेदवार प्रदीप यादव, नेकपा एमालेका केन्द्रीय सदस्य एंव पर्सा जिल्ला इन्चार्ज प्रभु हजारा, केन्द्रिय सदस्य एंव पर्सा निर्वाचन क्षेत्र नं. ३ का उमेदवार राजकुमार गुप्ता, पर्साका जिल्ला अध्यक्ष एंव निर्वाचन क्षेत्र नंं. ४ का प्रदेश सभासदस्यका उमेदवार जयप्रकाश थारु, विश्वम्भर शर्मा लगायत ४ बटा निर्वाचन क्षेत्रका प्रतिनिधि तथा प्रदेश सभाका एमाले जसपाका उमेदवारको उपस्थितिमा उक्त निर्णय भएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य एंव पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उमेदवार राजकुमार गुप्ताले प्रदेश सभा निर्वाचनमा टिकट दिने आश्वासन दिएर विभिन्न पार्टीबाट एमालेमा प्रवेश गराएका व्यक्तिहरुलाई टिकट नदिएपछि केहीले पार्टी निर्णय विरुद्ध प्रदेशसभा सदस्यमा विद्रोही उमेदवारी दिएका छन् ।

टिकट नपाएपछि स्वतन्त्र उमेदवार बनेका निरराज गिरीको पक्षमा लागेको भन्दै जसवन्त यादव र नातामा हजुरबुबा पर्ने प्रहलाद साहकानुको पक्षमा लागेको आरोपमा पार्टीका जिल्ला सचिव मनोज गुप्तालाई स्पष्टीकरण सोध्ने निर्णय भएको एमालेका जिल्ला अध्यक्ष जयप्रकाश थारुले बताए ।

पर्सामा एमाले–जसपा गठबन्धन धरापमा पर्न थालेको छ । एमालेका पर्सा क्षेत्र नं. ३ का उमेदावर राजकुमार गुप्ता पराजयको संघारमा पुगेको महशुस गरेर कार्यकर्तालाई कार्वाहीको धम्की दिन थालेको एमालेका कार्यकर्ताले बताउन थालेको छन् । मेरो नातामा हजुरबुबा पर्नेले स्वतन्त्र उमेदवार दिएको आरोपमा मलाई पार्टीले कार्वाही गर्छ भने त्यसको सजाय भोग्न तयार गरेको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले बताए ।

एउटै घरका दाजुभाई विभिन्न पार्टीमा लागेकाहरुलाई कार्वाही हुन्छ की हुदैन ? गुप्ताले भने “पहिला घरका परिवार विभिन्न पार्टीमा लाग्नेलाई कार्वाही होस अनि म त तीन पुस्तापछिको मान्छे हुँ, तीन पुस्ताको परिवार एउटै पार्टीमा नभए कार्वाही गर्ने नीति पार्टीले अख्तियार गरे कार्वाहीको भागिदार हुन तयार छु ।”

एमाले पर्साका पार्टी सचिव समेत रहेका गुप्ताले नेकपा एमाले पर्सालाई जनता समाजवादी पार्टीका नेताले चलाउन थालेको आरोप लगाएका छन् । जसपाका नेता प्रदीप यादव र लालबाबु राउतले एमाले चलाउन खोजेकोले पार्टीभित्र समस्या आएको गुप्ताको भनाई छ । मलाई अहिले सम्म कतैबाट स्पष्टीकरण आएको छैन, गुप्ताले भने “कसैले कपोकल्पीत आरोप लगाएर कार्वाही गर्न खोज्छ भने त्यसको जावाफ दिन तयार छु ।”

एमाले पार्टीको नेतृत्व समक्षम नभएकोले हाम्रो पार्टी भित्र जसपा हावी भएको महशुस कार्यकर्ताले गरेका छन् यो भोलीको दिनको लागि राम्रो संकेत होइन गुप्ताको भनाई थियो । उनले आफू जनप्रतिनिधि भएकोले निर्वाचन आयोगको आचारसंहिता भित्र रहेर जनताको सेवामा लागेको बताए ।

सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले निर्वाचन आयोगको आचारसंहिता पालना गरेर जनप्रतिनिधिको भूमिका निर्वाह गरेको बताए । आफूमाथि कसैले डण्डा चलाउछ भने चलाउनेले पनि राम्ररी सोचेर चलाउनु पर्ने यादवको भनाई छ । म पार्टीको सिपाइ हो पार्टी निर्णय भन्दा वाहिर जान्न कसैले व्यक्तिगत आग्रह पूर्वाग्र राखेर व्यवहार गर्छ भने त्यो त उसको समस्या हो यादवले भने ।


सम्बन्धित समाचार