Logo

२९ कार्तिक वीरगञ्ज । मधेसमा एमाले पार्टी छोडनेको संख्या अझै बढदै छ । नेकपा एमालेका केन्द्रीय सदस्य रामप्रित रामले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।  केन्द्रीय सदस्य रामले एक विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् ।

केन्द्रीय सदस्य रामले पार्टी केन्द्रीय कमिटी बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनि गरेको निर्णय उल्ट्याउँदै एकल क्षेत्रीय राष्ट्रवाद र घोर दक्षिणपन्थी दलहरूसँग साठगाँठ गरेको आरोप लगाउँदै पार्टीबाट राजीनामा दिएको बताएका छन् ।

एमाले निकट जाति मुक्ति समाजका केन्द्रीय सचिव समेत रहेका रामले पार्टीको साधारण सदस्य समेत नरहने गरी केन्द्रीय कमिटी सदस्य लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । सिरहाको धनगढीमाईका स्थायी बासिन्दा उनी यसअघि नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए ।

 

 


सम्बन्धित समाचार