Logo

२९ कार्तिक, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बा प्रवृत्तिविरुद्ध गठबन्धन भएको बताउनुभएको छ । मंगलबार गलकोटमा घरदैला तथा कोण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केपी ओली “बा” प्रवृत्तिविरुद्ध ५ दलीय गठबन्धन भएको बताउनुभएको हो ।

“केपी ओली प्रतिगमनकारी हुन्,” उहाँ भन्नुभयो, “संविधान मिच्ने, छोराछोरीले भनेको मात्रै सुन्न र न्यायलयमाथि हमला गर्ने केपी ओली “बा” प्रवृत्तिविरुद्ध पाँच दलिय गठबन्धन भएको हो ।” प्रधानमन्त्री ओलीका ४ गल्तीले देश दुर्घटनाको बाटोमा गएको उहाले आरोप लगाउनुभयो ।

ओलीले संविधानको चिरहरण गरी दुई दुई पटक जनप्रतिनिधिको सर्वोच्च थालो संसद विघठन गर्ने, आफ्नै नेतृत्वको नेकपा फुटाउने, न्यायलयमाथि हस्तक्षेप गर्ने र राष्ट्रपति पदको दूरुपयोग गरी संविधान कुल्चनेलगायतका काम गरेको उहाँको आरोप छ ।

ओलीले न्यायलयमाथि गरेको हस्तक्षेपकारी भूमिकाले न्यायालय अझै गतिमा आउन नसकेको बताउनुभयो । पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण निर्वाचन समयमै भएको बताउनुभयो । उहाँले शिक्षा मन्त्री भएको बेला जिल्लामा विद्यालयको पूर्वाधार निर्माणका लागि अरबौं रकम भित्र्याएको बताउनुभएको छ ।

“बागलुङ जिल्लामा विद्यालयका भवनका लागि बजेट हाल्दा विपक्षीले मेरो आलोचना गरे,” उहाँले भन्नुभयो, “ओली प्रधानमन्त्री हुँदा झापामा टावर हाल्दा उनको आलोचना नहुने मैले विद्यालय भवन निर्माणका लागि बजेट हाल्दा आलोचित हुनपर्ने ?” पौडेलले जनताको मौलिक हकसँग सम्बन्धित ३३ वटा कानुन निर्माण गरेको बताउँदै कार्यान्यन हुने चरणमा रहेको उल्लेख गर्नुभयो ।

देशमा बामपंथी र लोकतान्त्रिक शक्तिहरु मिलेको सन्दर्श निकाल्दै देशमा केपी ओली बागीको रुपमा रहेका टिप्पणी गर्र्नुभयो । ५ वर्षको अवधिमा सबैको घर बस्तीमा जान नपाएपनि जनताकै पक्षमा काम गरिरहेको दाबी गर्नुभयो । संविधान सभा सदस्य नरबहादुर पुन निरजले अहिलेको गठबन्धन ५ वर्षसम्म रहने बताउनुभयो ।

राष्ट्रियता र संविधाको रक्षाका लागि साझा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै टोलटोलबाट लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । मध्यपहाडी लोकमार्गको बागलुङ बिहँ खण्डको सडक कालोपत्रेमा ढिलाई भएको बताउँदै आफूहरुको अगुवाईमा चाँडै सडक कालोपत्रे हुने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सभा सदस्य उम्मेवदार जीतबहादुर शेरचनले देशको व्यापार घाटा ८७ प्रतिशत रहेको बताउँदै लयमा ल्याउन गठबन्धनले अपरिहार्य जित्नुपर्ने तर्क गर्नुभयो ।

समाजमा जगडिएको प्रवृत्तिको अन्त्यका लागि नेता सच्चिएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै ५ वर्षको अवधिमा गल्ती कमजोरीलाई अब नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजनीति भनेको गरिबको जीवनस्तर उकास्न गरिने बताउँदै विजयी भएपछि जनताको मतको कदर गर्ने बताउनुभयो ।


सम्बन्धित समाचार