२३ असोज,वीरगञ्ज । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १० कर्रामा क्रेनले किच्दा पर्साका एक जनाको मृत्यु भएको छ।
प्रदेश २–०३००१ क २०२४ नम्बरको क्रेनले किच्दा सोही क्रेनको सहचालक पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्वर ३० लालपर्सा बस्ने २८ वर्षीय सानबाबु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।उनका अनुसार, क्रेनले किचेर गम्भीर घाइते भएका उनको २ः४० बजेको समयमा हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक पासवानको शव हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीले क्रेन र क्रेन चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




















