Logo

४ फागुन,काठमाडौं । अत्यधिक चिसोका कारण मंगोलियामा ५ लाखभन्दा बढी पशुचौपाया मरेका छन् । आधा लाख भन्दा बढी पशुधन मरेपछि मङ्गोलियाले विपद् पूर्वतयारीलाई उच्च सतर्कतामा राखेको छ ।

मंगोोलियाका प्रधानमन्त्री लुभ्सन्नम्सराई ओयुन–एर्डेनले पशुपालन क्षेत्रमा परेका कठिनाइहरू हटाउन र गोठालाहरूलाई चौतर्फी सहयोग प्रदान गर्न सबै सम्भावित उपाय अपानाउन निर्देशन दिए । बुधवारसम्म कुल ५ लाख ८ हजार ३९ पशुधनको मृत्यु भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको संख्या ६४.७ मिलियन थियो । एजेन्सी


सम्बन्धित समाचार