Logo

५ फागुन,जनकपुर । जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याबको उद्घाटन भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले संयुक्त रूपमा क्याथ ल्याबको उद्घाटन गरेको हो ।

जनकपुरधाममा शनिबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री सिंहले प्रतिष्ठान मातहतको प्रादेशिक अस्पताल जनकपुरमा जडित मुटु रोगको उपचारका लागि अत्यावश्यक मानिएको क्याथ ल्याब संचालनमा आउने भएको छ ।

मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार विकासमा मधेश प्रदेशले फड्को मारेको बताउँदै उनले दक्ष जनशक्तिको व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

विकास, शिक्षा र स्वास्थ्य गरी तीनवटा कुरामा राजनीति गर्न नहुने मुख्यमन्त्री यादवले बताए ।
यसअघि बजेटको सकसबारे उठेको प्रश्नमा मुख्यमन्त्री यादवले भने– ‘प्रतिष्ठान संचालनमा जति रकम चाहिन्छ एक रुपैंयाँ पनि कन्जुस्याईं गर्दिन् । तर बजेटले मात्र हुंदैन, गुणस्तरीय सेवापनि दिइनुपर्दछ ।’

उपचारको लागि काठमाण्डौ जाने धरान, चितवन रेफर गर्ने अवस्थाको पनि अन्त्य हुनुपर्ने आवश्यकतामा उनले जोड दिए ।
उपकुलपति नियुक्तिबारे आफू र स्वास्थ्य तथा जनसंख्या मंत्रीबीच मनमुटाव रहेको आरोप तथ्यहीन रहेको बताए ।

सोही अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले प्रतिष्ठानलाई अध्ययन र अध्यापनको क्षेत्रमा प्रदेशकै गौरवमय संस्था बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले विगतका सम्पूर्ण कुराको अनुभव लिएर हामी बढ्छौ भन्नुहुँदै स्वास्थ्य सेवासँग सम्बद्ध सबैलाई सकारात्मक सोच राखेर प्रतिष्ठान र प्रादेशिक अस्पताललाई अघि बढाउनुपर्ने आवश्यक्तामाथि जोड दिए ।

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. रामनरेश पण्डितले संचालक परिषद् सदस्यद्वय डा. प्रमोद कुमार सर्राफ र मिनु झालगायतले अप्ठयाराहरुका बीचपनि प्राप्त उपलब्धीलाई अघि बढाउनुपर्ने र प्रदेश सरकारले आपैm नीति निर्माण गरी विकासको कार्य अगाडि बढाउनुपर्ने आवश्यकता औल्याए ।


सम्बन्धित समाचार