Logo

७ फागुन,काठमाडौं । पपुवा न्यूगिनीको दुर्गम हाइल्यान्ड क्षेत्रमा भएको गोली हानाहानमा ५५ जनाको मृत्यु भएको छ।

एनगा प्रान्तमा दुई आदिवासी समूह बीचको झगडामा गोली हानाहान भएको र सोही क्रममा मानिसहरु मारिएको राष्ट्रिय प्रहरी बलका प्रवक्ताले जानकारी दिएका छन्।

घटनाको पूर्ण विवरण भने आउँन बाँकी छ। घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। पपुवा न्युगिनीको हाइल्याण्ड क्षेत्र लामो समयदेखि हिंसाग्रस्त क्षेत्र हो। तर हालै भएको आक्रमण र हत्यालाई यो वर्षकै दुःखद घटनाका रुपमा हेरिएको छ।

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार यो घटना एन्गा प्रान्तकै सबैभन्दा ठूलो हत्याकाण्ड हो। गतवर्ष पनि आदिवासीको हिंसाका कारण एन्गा प्रान्तमा तीन महिना लकडाउन गरिएको थियो।

द्वन्द्वले उग्र रुप लिएपछि कर्फ्यु र यात्रा प्रतिबन्ध नै घोषणा गरिएको थियो। त्यहाँका आदिवासीहरुबीच प्राय जमिन र सम्पत्तिको बाँडफाँडलाई लिएर द्वन्द्व हुने गरेको बताइएको छ। एजेन्सी


सम्बन्धित समाचार