Logo

Israeli soldiers work to secure residential areas following a mass-infiltration by Hamas gunmen from the Gaza Strip, in Sderot, southern Israel October 7, 2023. REUTERS/Ammar Awad

१७ फागुन,गाजा । इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

मन्त्रालयका अनुसार आक्रमणवाट ११० जना घाइते भएका छन् । इजरायल–हमास द्वन्द्व शुरु भएदेखि हालसम्म प्यालेस्टिनी घाइतेहरूको कुल सङ्ख्या ७० हजार ३२५ पुगेको छ ।

केही पीडितहरू अझै भग्नावशेषमुनि रहेको अनुमान छ । बुधबार इजरायली मिडिया आउटलेटले गाजा पट्टीको लडाइँमा दुई अधिकृतको मृत्यु भएको र ७ जना सैनिकहरू घाइते भएको बताइएको छ । योसँगै मृत्यु हुने सैनिकको सङ्ख्या ५८२ पुगेको छ ।

इजरायली सेनाले सुरुङहरू र हमासका अन्य पूर्वाधारहरू ध्वस्त पारेको, आतङ्कवादी कक्षहरूू नष्ट गरेको र ठूलो मात्रामा हतियारहरू कब्जा गरेको बताएको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले गाजामा युद्धको लक्ष्य अक्टोबर ७ को आक्रमण फेरि कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्ने रहेको र त्यसका लागि समय लाग्ने बताउनु भएको छ। रासस, सिन्ह्वा


सम्बन्धित समाचार