Logo

२२ फागुन,काठमाडौं । पाकिस्तानमा फेब्रुरुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षाका कारण पाकिस्तानमा विभिन्न घटना र हिमपातका कारण कम्तीमा ३६ जनाको मृत्यु भएको छ।

साथै ४१ जना घाइते भएका छन्। पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले मृत्यु हुनेमा २१ बालबालिका, ९ पुरुष र ६ महिला रहेका छन्। उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र रहेको छ। जहाँ २७ व्यक्तिको मृत्यु भएको छ।

त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने पाकिस्तान नियन्त्रित कश्मीरमा चार जनाको मृत्यु भएको छ। कुल ४६९ घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको र अनुमानित ६१ जनावरहरू मरेका छन्। एजेन्सी


सम्बन्धित समाचार