Logo

२३ फागुन,काठमाडौं । वीरगञ्ज सुपर लिग सिजन २ मा पर्सा स्टारर्स बिजयी भएको छ । पर्सा स्टारर्सले पर्सा राइनोजलाई ३ विकेटले हराएको हो ।

नारायणी क्रिकेट मैदानमा पर्सा राइनोजले दिएको लक्ष्य पर्सा स्टारर्सले १८.२ ओभरमा ७ विकेटको भेट्टायो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पर्सा राइनोजले निर्धारित ओभरमा ९ विकेट गुमाएर एकसय ३३ रन बनाएको थियो ।

खेलमा रिजवान अन्सारी म्यान अफ दि म्याच घोषित भएका छन् ।


सम्बन्धित समाचार