Logo

२४ वैशाख,वीरगञ्ज । बारा प्रहरीले १ करोडभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामान सहितको २ वटा ट्रक बरामद गरेको छ । प्रहरीले १ करोड ४६ लाख ७९ हजार ७६८ मूल्य बराबरका भन्सार छलीका सामानसहितको ट्रक बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंजबाट उक्त मूल्यसहितको ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले वीरगंजबाट हेटौडातर्फ जादै गरेको ना ५ ख ७९२७ नम्बरको ट्रकबाट लेडिज सुट, धागो, जारी दाना, प्रिन्ट कपडा, माला लकेट, मेटल चुरा र अन्य खुद्रा सामानहरु बरामद गरेको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए ।बरामद सामानको मूल्यांकन ६६ लाख ९० हजार ४२९ रुपैया कायम गरिएको उनले बताए ।

यसैगरी वीरगंजबाट काठमाण्डौतर्फ जादै गरेको ना ८ ख २७१९ नम्बरको ट्रकमा लोड गरेको मोबिल, वेडसिट कपडा, स्टेशनरी, मोटर पार्टस, वेकरी आईटम र अन्य खुद्रा समानहरू ७९ लाख ८९ हजार ३३९ रूपैया बराबरको पक्राउ गरेको प्रहरीले जनायो ।

बरामद सामानसहित दुइवटै ट्रकलाइ आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बारा प्रहरी बताउॅंछ ।


सम्बन्धित समाचार