Logo

२८ जेठ, वीरगञ्ज । वीरगञ्जमा एक पुरुषको शव फेला परेको छ । वीरगञ्ज १६ शंकराचार्य गेट स्थित खुला चौरमा अन्दाजी ३० वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएका व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

शव मुचुल्का गरी नारायणी अस्पतालको शवगृहमा राखिएको छ ।

मृत भेटिएका ती व्यक्तिको अनुहारमा रगत देखिएको छ ।  कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका प्रहरीको छ ।

घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार