Logo

२९ जेठ, वीरगञ्ज । पर्साको जगरनाथपुरमा गाडिएको अवस्थामा दुईवटा शव भेटिएको छ । जगरनाथपुर गाउँपालिका वडा नम्बर १ विसनपुरुवाबाट भारतको नगरदाहतर्फ जाने बाटोको ओरिया खोला नजिकै नेपाल भारत सीमा दशगजाको ४२१/५ नम्बरको सीमास्तम्भ नजिकै दुईवटा शव गाडिएको अवस्थामा फेला परेको हो ।

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा शव गाडेको स्थानमा स्यालले खोतलेको भेटेपछि गएर हेर्दा शव भेटिएको हो हाम्रा सहकर्मी कृष्णमोहन साहले जनाएका छन् । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापाको नेतृत्वमा गएको प्रहरी टोलीले शव खनेर निकालेको छ ।

शव अन्दाजी ३५ बर्षको युवाको रहेको प्रहरीको भनाई छ । अर्को शव भने खन्न बाँकी रहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट पनि अनुसन्धान अधिकृतहरुको टोली सहित घटनास्थलमा गईरहेको र पुगेपछि गाडिएको अवस्थामा रहेको शव निकाल्ने इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक थापाले बताए ।

 


सम्बन्धित समाचार