Logo

२९जेठ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेको १० लाख ७४ हजार ८५० मूल्य बराबरको सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

प्रहरीले सोमबार वीरगञ्ज महानगरपालिका वडा नं.–८ पानिटंकी स्थित मुकेश रौनियारको दुई तल्ले घरमा छापा मारेर उक्त परिमाणको भन्सार छलिको मोटरसाईकल पार्ट्सका सामान बरामद गरेको थियो ।

भारत पुर्वी चम्पारण बिहार रकसौल बस्ने अजय गुप्ताले चौरसियाको घरकोठा भाडामा लिएर लुकाई छिपाई भन्सार छलिको सामान राखेको सूचनाको आधारमा प्रहरी निरीक्षक दावातेन्जी शेर्पाको नेतृत्वमा गएको प्रहरी टोलीले छापा मारेर सामान बरामद गरेको थियो । बरामद सामान १० लाख ७४ हजार ८५० रुपैंया मूल्य कायम गरी आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार