७ साउन,सेढवा । पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर २ काठमाण्डौटोलका किसान नथुनी मिर्दाहा थारु, जो एक तरकारी व्यापारी हुन् । उनी विगत ५ वर्षदेखि यहि पेशामा छन् ।
उमेरले ७१ वर्ष पुगेका थारु अहिले तरकारी बेचेरै मनग्य आम्दानी गरिरहेको छन् । करिब ५ कठ्ठा जमिनमा लौका, करेला, घिरौला, झिङ्नी र भिन्डी रोपेका उनले व्यापारबाट राम्रो आम्दानी भएको सुनाएका छन् ।
उनी भन्छन्, ‘दैनिक ८० देखि एकसय वटा सम्म लौका मात्र बारीबाट टिप्छु, प्रतिगोटा ५० रुपैँयाको दरले बेच्दा पनि सबै बिक्री हुन्छ । खुद्रा तरकारी व्यापारी किन्न आउँदा भने ४० रुपैँया गोटाका दरले भाउ लगाउँछु । यो एक महिनामा मात्र एक लाख मूल्य बराबरको लौका बिक्री भयो । यसको अलावा घिरौला, झिङ्नी र करेला पनि बेच्ने गरेको छु ।’
कहिलेकाही आफैँले नजिकका बजार सेढवा, नौकाटोला, सुपौली र सखुवनिया बजारमा लगेर पनि तरकारी बिक्री गर्ने गरेको उनले बताए ।
२० हजार रुपैँयाबाट तरकारी खेती सुरु गरेको नथुनीकी श्रीमती असमोहनी देवी बताउँछिन् । पाँच ट्रेलर प्राङगारिक मल तथा दुई बोरा डिएपी, एक बोरा यूरिया मलमा उक्त रकम खर्चिको उनको भनाइ छ ।
उनीहरुले तरकारीको बिउ बिजन र किटनाशक औषधी भने भारतको सिमावर्ती बजार भंगहाबाट खरिद गर्ने गरेको बताएका छन् । यसका लागि कसैसँग सहयोग नमागेको उनीहरुको भनाइ छ । यता नथुनीले यो व्यवसायमा अत्यधिक परिश्रम तथा जोखिम खर्चिएको सुनाए ।
डिभिजन वन कार्यालय पर्साको जंगलको सिमासँगै रहेका इमिर्ती खोलाको डिलमा रहेको खेतमा तरकारी खेती गरेका छन् । चित्तल, निलगाई, घोडगदहा तथा बाघ लगायतका जंगली जनावरको क्रासमा बस्दै उनीहरुले यो पेशा अंगालेका छन् ।
उनी भन्छन्, ‘जंगली जनावरको सधै डर हुन्छ, कुन बेला कुन जनावरको शिकार भइने हो थाहा नै हुदैन । क्रासैक्रासमा जोखिम मोलेका छौँ । बाली कुर्न नबस्दा जंगली जनावरले सबै क्षती पु¥याइदिने डर छ । परिवारबाट कोही न कोही यहि बस्छौ, अन्य सदस्यले भने बिहान÷बेलुकाका लागि खाना पु¥याउन आउँछन् ।’
बाली कुर्नेको लागि मचान बनाएको भन्दै कमसेकम यसबाट बाघको क्रासबाट भने जोगिएको ढुक्क महसुस गर्दछन् ।