Logo

७ पुष,काठमाडौं । अमेरिकी लडाकु विमान लाल सागरमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी सेनाका अनुसार लडाकु विमान आफ्नै गोलीको शिकार बनेको थियो। जसलाई ‘फ्रेन्डली फायर’ भनिन्छ । हुथी विद्रोहीको स्थानमा हवाई हमलापछि यो घटना भएको हो ।

यी आक्रमणहरू मार्फत, अमेरिकाले यमनको राजधानी सानामा हुथी विद्रोहीहरूको अड्डाहरूलाई लक्षित ग¥यो, जहाँबाट कमाण्ड सुविधाहरू प्रदान गरिन्छ र मिसाइलहरू राखिन्छन्।

अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार अमेरिकी नौसेनाको लडाकु विमान एफ÷ए–१८ होर्नेटमा सवार दुवै चालक दलका सदस्य सुरक्षित बाहिर निस्किएका छन्।

यस बाहेक अमेरिकी लडाकु विमानहरूले लाल सागरमा हुथी विद्रोहीहरूको धेरै ड्रोन र एन्टी–शिप क्रुज मिसाइललाई पनि खसालेका छन्।

इजरायलमा हुथी विद्रोहीले गरेको आक्रमणपछि अमेरिकाले यो हमला गरेको हो । हुथी विद्रोहीहरूले शनिबार इजरायलको तेल अवीभमा ब्यालेस्टिक मिसाइल आक्रमण गर्दा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

हुथीहरू इरान समर्थित विद्रोही समूह हो जसले यमनको उत्तर–पश्चिममा नियन्त्रण गर्दछ।


सम्बन्धित समाचार
भर्खरै