Logo

१३ भदौ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । यसअघि, साउन २३ गते बनेको १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड तीन हप्तामै तोडिएको हो। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ। प्रतितोला ५ रुपैयाँले बढेर चाँदीको मूल्य २३ सय ६० रुपैयाँ पुगेको छ।


सम्बन्धित समाचार