प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१३ भदौ, काठमाडौं । मनसुनी वर्षासँगै देशभर बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रबार देशका ५२ जिल्लामा बाढी आउन सक्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

यीमध्ये ३१ जिल्लालाई भने ‘यल्लो अलर्ट’ जारी गरिएको छ। महाशाखाका अनुसार, काठमाडौँ उपत्यकासहित दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुमपूर्व र पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा रहेका साना नदीहरूको जलस्तर उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकोले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

त्यस्तै, इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, नवलपरासी पूर्व र पश्चिम, दाङ, जुम्ला, डोल्पा, मुगु र हुम्लाका केही साना नदीहरूमा पनि जलस्तर बढ्ने र बाढीको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।


सम्बन्धित समाचार