Logo

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।

आफ्नो चीन र भारत भ्रमणको पूर्वसन्ध्यामा उनले संसदलाई सम्बोधन गर्न लागेका हुन् । यस क्रममा उनले आसन्न भ्रमणबारे जानकारी दिनुका साथै पछिल्लो समय चर्चामा रहेको लिपुलेक–कालापानी विवादमा सरकारको धारणा राख्ने अपेक्षा गरिएको छ ।

यद्यपि, प्रधानमन्त्रीको यो सम्बोधनलाई प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा०)ले भने बहिष्कार गर्ने भएका छन्। भिजिट भिसाको दुरुपयोगसम्बन्धी प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै यी दुई दलले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएका छन्।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, ‘हाम्रो अवरोध निरन्तर छ, र आज पनि रहन्छ। हाम्रो मागको सम्बोधन नभएकाले प्रधानमन्त्रीको सम्बोधन सुनेर बस्दैनौं।’ रास्वपाले गणेश पराजुलीले बोलेर सबै सांसद बाहिरिने तयारी गरेको छ।


सम्बन्धित समाचार