Logo

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

विभागले आज सूचना जारी गर्दै अनुसन्धान अधिकृत र अनुसन्धान सहायक गरी कुल ९० पदका लागि दरखास्त आह्वान गरेको हो । विभागले खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्न लागेको हो। यसअन्तर्गत राजपत्रांकित तृतीय श्रेणी सरहको अनुसन्धान अधिकृतमा ४० जना र राजपत्रांकित द्वितीय श्रेणी सरहको अनुसन्धान सहायकमा ५० जनाका लागि आवेदन माग गरिएको छ।

 


सम्बन्धित समाचार