Logo

१३ भदौ, काठमाडौँ । नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ।

भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय, र सदस्यमा डा.खोमराज खरेल रहेका छन् ।

प्राधिकरणका तत्कालीन अध्यक्ष ओझालाई योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको आरोप लागेपछि मन्त्रिपरिषद्ले भदौ २ गते उनलाई पदबाट हटाएको थियो । छ महिनाअघि मात्रै नियुक्त भएका ओझामाथि योग्यता र अनुभवसम्बन्धी झूटो विवरण दिएको आरोप लागेको थियो । अब यो समितिले नयाँ अध्यक्ष सिफारिस गर्नेछ।


सम्बन्धित समाचार