१३ भदौ, वीरगन्ज । पर्सा र बारा जिल्लाका महिला उद्यमीहरूको सशक्तीकरण र अनुभव आदानप्रदानका लागि भोलि वीरगन्जमा बृहत् महिला सम्मेलन आयोजना हुँदैछ।
वीरगन्ज उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। सम्मेलनको मुख्य उद्देश्य महिलालाई उद्यमशील बन्न प्रोत्साहन गर्नु र उनीहरूको नेतृत्व क्षमता विकास गर्नु हो । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमका अनुसार महिला उद्यमीहरूको सहभागिता र सक्रियतामा यो सम्मेलनको तयारी गरिएको हो।
महिला उद्यमशीलता विकास समितिकी अध्यक्ष डा. लक्ष्मी थापाका अनुसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि हुनेछिन् । उनले पर्सा तथा बाराका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका २५ जना महिलालाई सम्मान गर्नेछिन् ।















