Logo

१३ भदौ, वीरगञ्ज, पर्सा । वीरगञ्जमा रगतको अभावलाई मध्यनजर गर्दै सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले शुक्रबार आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

“रक्तदान जीवन दान, सेवा नै धर्म” भन्ने नाराका साथ गरिएको यस कार्यक्रममा ४ जना महिलासहित १७ जनाले रक्तदान गरेका छन्  । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका सभापति फुलमहम्मद मियाँले रगतको बढ्दो अभावमा यस्ता सामाजिक पहलहरूले ठूलो महत्त्व राख्ने बताएका छन् । कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष इब्राहिम देवानले गरेका थिए ।

रक्तदान गर्नेहरूमा चन्देश चौहान, रामअयोध्य यादव, बिशाल गुप्ता, केशर जाहन, उम्रावति देवी, अन्सार मियाँ, पूजा कुमारी, गिरिया देवी कानु, विक्रम साह, अन्त यादवलगायत १७ जना सहभागी थिए । समितिका जिन्सी प्रमुख दुलारचद साहका अनुसार, यो आकस्मिक रक्तदान कार्यक्रमबाट कुल १७ युनिट रगत संकलन भएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेललगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति थियो ।


सम्बन्धित समाचार