प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

वीरगञ्जमा हैजा नियन्त्रणका लागि तीनै सुरक्षा निकाय परिचालन हुने स् प्रधानमन्त्री

१३ भदौ, काठमाडौं । वीरगञ्जमा हैजाको प्रकोप बढ्दै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि तीनै सुरक्षा निकायका स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा सम्बोधन गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डाक्टर र स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा परिचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । प्रधानमन्त्री ओलीले रोगको फैलावटलाई रोक्न र बिरामीहरूको उपचारका लागि सरकारले तीव्र प्रयास गरिरहेको बताए । उनले हैजाको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको र त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन गरिने पनि जानकारी दिए ।
हालसम्म वीरगञ्जमा हैजा र झाडापखालाबाट संक्रमितको संख्या ६२४ पुगेको छ, जसमध्ये ४३७ जना निको भएर घर फर्किसकेका छन् । अहिले पनि १८७ जना बिरामी उपचाररत छन्। पछिल्लो २४ घण्टामा मात्रै ८४ जना नयाँ बिरामी थपिएका छन् भने अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।


सम्बन्धित समाचार