१३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो । एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा पाँडेलाई बुधबार पक्राउ गरिएको थियो। अदालतले उनीमाथि थप अनुसन्धानका लागि चार दिनको म्याद थपेको थियो ।
वातावरणविद्को रूपमा चिनिने पाँडे २०७९ साल भदौमा रास्वपामा प्रवेश गरेका थिए र रास्वपा सरकारमा हुँदा २०८० सालमा उनी राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेका थिए।

















