प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१३ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले यादवले ५ करोड ७९ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको दाबी गरेको छ। यादवले १४ करोड ८३ लाख रुपैयाँको सम्पत्ति जोडेकोमा ९ करोड ३ लाख रुपैयाँ मात्रै वैध स्रोतबाट आर्जन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। २०५३ सालमा सरकारी सेवामा प्रवेश गरेका यादवले २८ वर्षको अवधिमा एक तिहाइभन्दा बढी सम्पत्ति अवैध रूपमा कमाएको आरोप लागेको छ।


सम्बन्धित समाचार