१४ भदौ,रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको आज बिहान निधन भएको छ।
७२ वर्षीय मुसलमानको हृदयघातका कारण निधन भएको हो। उहाँ लामो समयदेखि मुटु सम्बन्धी रोगबाट पीडित रहनुभएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिनुभएको छ।
नेपाली कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका सजरुद्दिन लामो समयदेखि समाजसेवा र स्थानीय नेतृत्वमा सक्रिय रहनुभएको थियो। उहाँको निधनले नगरपालिकालाई अपूरणीय क्षति पुगेको नगरवासीहरूले बताएका छन्।
उहाँको अन्त्येष्टि परम्परागत इस्लाम धर्म अनुसार आज बेलुका ५ बजे स्थानीय कब्रिस्तानमा गरिने जानकारी पनि समन्वयकर्ता लामिछानेले दिनुभयो।
उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरूले शोक व्यक्त गरेका छन्।















