१४ भदौ,पोखरिया । “सबका साथ, सबका विकास” भन्ने मूल नारासहित शनिबार पोखरिया नगरपालिका–७, रानीगंज टोलमा विशेष कार्यक्रमका साथ गार्डेन चेयरहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
स्थानीय नेजामुद्दीन शमानीको सहयोगमा प्राप्त गार्डेन चेयरहरू वडाध्यक्ष परमानन्द प्रसाद कुर्मीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बिनध्याचल ठाकुर, नन्दन लाल कुर्मी, जहिर मियाँ, राजनारायण कुर्मी, योगेन्द्र प्रसाद कुर्मी लगायत स्थानीय अगुवा तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त पहलले गाउँलाई हराभरा, सफा–सुग्घर र व्यवस्थित बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ। सामुदायिक पार्क निर्माणको अभियानमा समेत टेवा पु¥याउने उद्देश्यले गार्डेन चेयरहरू प्रदान गरिएको आयोजकहरूले जानकारी दिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले पोखरिया नगरपालिकाका अन्य टोलहरूमा पनि यस्ता विकास र सरसफाइ अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।
स्थानीय बासिन्दाहरूले अभियानको सराहना गर्दै यस्ता प्रयासले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।















