Logo

१५ भदौ,काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँलाई लक्षित गरी सुकिला तथा सफा नोट साट्ने कार्यक्रम भदौ २९ गतेदेखि सुरु गर्ने भएको छ। बैंकका अनुसार साट्ने कार्य असोज १० गतेसम्म चल्नेछ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीसहित सातै प्रदेशका कार्यालयहरू — विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी —बाट सुकिला नोट साट्न सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सर्वसाधारणले सुकिला नोट साट्न सक्नेछन्।

दशैँको अवसरमा नयाँ नोटको माग अत्यधिक हुने भएकाले राष्ट्र बैंकले समयमै साट्ने व्यवस्था मिलाएको हो। साट्ने क्रममा नागरिकलाई सहजीकरण गर्न राष्ट्र बैंकले शाखा तथा वित्तीय संस्थाहरुलाई आवश्यक निर्देशनसमेत दिएको जनाएको छ।


सम्बन्धित समाचार