प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ भदौ,काठमाडौं ।  नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आइतबार (भदौ १५) सुनको भाउ एकै दिन ३ हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको छ। शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमानी वृद्धि भएको छ। आज चाँदीको भाउ प्रतितोला ६५ रुपैयाँले बढेर २४२५ रुपैयाँ पुगेको छ। यसअघि चाँदी २३६० रुपैयाँमा कारोबार भएको थियो।


सम्बन्धित समाचार