१५ भदौ, काठमाडौं । किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउनुपर्ने माग राख्दै आन्दोलनको शृङ्खला सुरु गरेका छन् ।
उखु किसानहरूले लामो समयदेखि सरकार र चिनी मिलहरूबाट बक्यौता रकम पाउन नसकेको भन्दै सडकमा उत्रिएपछि अब दूध उत्पादक किसानहरू पनि आन्दोलित भएका छन् । दूधको मूल्य नपाएको भन्दै दुग्ध किसानहरूले आज भदौ १५ गते काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिँदैछन् । अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा। भेषराज अधिकारीका अनुसार, मध्याह्न १२ बजेदेखि यो धर्ना कार्यक्रम सुरु हुनेछ ।
किसानहरूले दूधको बक्यौता भुक्तानीका लागि पटकपटक सम्बन्धित निकायलाई आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताएका छन् । यसले नेपालमा किसानहरूको जीवनयापन कति कष्टकर छ भन्ने कुरालाई उजागर गरेको छ, जहाँ उनीहरूले आफ्नो पसिनाको कमाई पाउन पनि संघर्ष गर्नुपरेको छ ।
यो आन्दोलनले सरकार र सम्बन्धित निकायहरूलाई किसानका समस्या तत्काल सम्बोधन गर्न दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।















