१५ भदौ,बागमती। मकवानपुरको थाहा नगरपालिका–१०, टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा भएको सडक दुर्घटनामा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार, बिहीबार साँझ बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बा.प्र.६६ प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा तरकारी लोड गर्न रोकिराखिएको ना.७ ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक, स्थानीय ३२ वर्षीय अमिर गोपाली, को उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।















