१६ भदौ, काठमाडौं। भारतीय सेनाले नेपाली सेनाको क्षमता बढाउन ६ वटा ‘टार्गेट प्राक्टिस ड्रोन’ उपहार दिएको छ।
नेपालस्थित भारतीय दूतावासका अनुसार, सुनौलीमा भएको एक विशेष कार्यक्रममा ती ड्रोन र अन्य ‘ग्राउन्ड सपोर्ट इक्विपमेन्ट’ नेपाली सेनालाई हस्तान्तरण गरिएको हो । भारतीय सेनाले नेपाली सेनाको क्षमता अभिवृद्धिमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताएको छ । यसअघि पनि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली सेनालाई गाडी, घोडा र तालिम प्राप्त कुकुरहरू उपहार दिएका थिए ।




















