Logo

२४ भदौ, काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूको एक समूहले मंगलबार बिहानै सिंहदरबारको गेट तोडेर परिसरभित्र प्रवेश गरेको छ ।
सोमबारदेखि नै आक्रामक शैलीमा प्रदर्शन गरिरहेका उनीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।

प्रदर्शनकारीहरूले देशका प्रमुख नेताहरूको घर, पार्टी कार्यालय र प्रहरी कार्यालयहरूमा ढुंगामुढा गरेका छन्। उनीहरूको आक्रामक शैलीका कारण केही मन्त्रीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट सुरक्षित स्थानमा सारिएको छ।

काठमाडौँ लगायत देशका प्रमुख सहरहरूमा पनि प्रदर्शन भइरहेको छ । युवाहरूको यो नयाँ समूहले फरक शैलीमा आफ्ना मागहरू राख्दै प्रदर्शनलाई तीव्रता दिएको छ ।


सम्बन्धित समाचार