Logo

५ मंसिर, काठमाडौं । नेकपा एमालेले आज घोषणा गर्न लागेको ‘नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) केन्द्रीय कमान्ड कार्यक्रमका लागि एमाले समर्थित युवाहरू काठमाडौंको नागरिक उड्डयन प्राधिकरण कार्यालय अगाडि जम्मा भएका छन् ।

पैदल र मोटरसाइकलमा सवार यी युवाहरू माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एनभीएफ घोषणा गर्ने एमालेको योजना रहेको छ । यसैबीच, जेन–जी आन्दोलनकै कारण सरकारबाट अपदस्थ भएको एमालेको कार्यक्रम रोक्न जेन–जी आन्दोलनका घाइतेहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन् । पछिल्लो समय एकअर्कासँग आक्रामक अभिव्यक्ति दिँदै आएका एमाले र जेन–जी युवाहरू आमने–सामने हुने सम्भावना बढेपछि सम्भावित तनावलाई नियन्त्रण गर्न माइतीघर मण्डला र बबरमहल क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

धर्नामा बसेका जेन–जी घाइतेहरूले ‘नेपाल आमालाई न्याय खै? छानबिन आयोग कहाँ गयो?, भ्रष्टाचारीलाई कारबाही खै? र जेन–जीको माग पूरा भएको खै? जस्ता प्रश्नसहितका प्लाकार्डहरू प्रदर्शन गर्दै आफूहरूको न्यायका लागि लडाइँ जारी रहेको जनाएका छन्।


सम्बन्धित समाचार