Logo

५ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनलाई देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भन्दै सबै पक्षलाई सफल बनाउन आह्वान गर्नुभएको छ ।

शुक्रबार पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देश विषम परिस्थितिबाट गुज्रिरहेको र संविधान, लोकतन्त्र तथा मुलुकलाई जोगाउनकै लागि निर्वाचनको मिति घोषणा गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले यो निर्वाचनको परिणामले मुलुकको सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो अपरिहार्य निर्वाचनलाई सफल पार्नका लागि एकजुट हुन अपिल गर्नुभएको छ।

यसका अतिरिक्त, उहाँले समाज र राष्ट्रको आवश्यकताअनुसार व्यवहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकतामा समेत जोड दिनुभयो र पद्मकन्या क्याम्पसलाई महिला विश्वविद्यालय बनाउने प्रयासप्रति खुसी व्यक्त गर्नुभयो।


सम्बन्धित समाचार