Logo

५ वैशाख,काठमाडौं ।  आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे रुवान्डा मा सुरु हुनेछ।

यो प्रतियोगितामा नेपाल महिला क्रिकेट टोली ले पहिलो पटक रुवान्डामा खेल्न लागेको हो। प्रतियोगितामा नेपालसँगै अमेरिका, इटाली, रुवान्डा र भानुआतु सहभागी छन्।

सबै टोलीले एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछन्। अंक तालिकामा शीर्ष स्थानमा रहने टोली प्रतियोगिताको विजेता बन्नेछ।

आजबाट सुरु भएको प्रतियोगिता वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ। आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी पहिलो पटक आयोजना गरिएको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले गएको बुधबार महिला राष्ट्रिय टोलीलाई प्रतियोगिताका लागि बिदाइ गरेको थियो। नेपाल क्रिकेट संघ का अनुसार टोली प्रतियोगितामा उच्च प्रदर्शन गर्ने लक्ष्यसहित रुवान्डा गएको हो।


सम्बन्धित समाचार