Logo

८ वैशाख,काठमाडौं ।गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई सिंहदरबार परिसरभित्रबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका एसपी पवन भट्टराईका अनुसार प्रदर्शनकारीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै नाराबाजी गरिरहेका बेला पक्राउ गरिएको हो।

पछिल्ला केही दिनयता सेयर कारोबारमा विवादित भनिएका एक व्यापारीसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको भन्ने आरोप सार्वजनिक भएपछि उनको आलोचना भइरहेको छ। उक्त विषयलाई लिएर विभिन्न समूहहरूले विरोध प्रदर्शनसमेत गर्दै आएका छन्।

प्रहरीले पक्राउ परेकाहरूबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


सम्बन्धित समाचार