Logo

१० वैशाख,वीरगञ्ज ।  पर्सा प्रहरीले वीरगञ्जस्थित मदरसाहरूमा अनुगमन तथा चेकजाँचलाई तीव्र बनाएको छ। पहिलो चरणमा वीरगञ्ज महानगरपालिका–छपकैया क्षेत्रका चार मदरसामा बिर्ता वडा प्रहरी कार्यालयको टोलीले स्थलगत निरीक्षण गरेको हो।

प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मदरसाहरूको प्रशासनिक अवस्था, दर्ता प्रक्रिया तथा सञ्चालनसम्बन्धी कागजातहरू जाँच गरिएको प्रहरीले जनाएको छ। निरीक्षणका क्रममा एक मदरसा दर्ता बिना सञ्चालनमा रहेको भेटिएपछि त्यसलाई कानुनअनुसार यथाशीघ्र दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिइएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार पछिल्लो समय देखिएका केही गतिविधिलाई ध्यानमा राख्दै अनुगमनलाई कडा बनाइएको हो। पर्सा प्रहरी र बिर्ता वडा प्रहरी कार्यालयको संयुक्त टोलीले वीरगञ्जका अन्य मदरसाहरूमा समेत निरन्तर अनुगमन जारी राख्ने जनाएको छ।

प्रहरीले सबै शैक्षिक संस्थाहरूलाई कानुनी मापदण्डभित्र रहेर सञ्चालन गर्न आग्रह गर्दै आवश्यक कागजातहरू अद्यावधिक राख्न सचेत गराएको छ। साथै, कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन सम्बन्धित पक्षसँग अनुरोध गरिएको छ।


सम्बन्धित समाचार