१७ बैशाख, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ।
घरेलु मैदान वान्खडेमा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २४३ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले ८ बल बाँकी छँदै ओभरमा ४ विकेट गुमाउँदै २४९ रन बनाएर लक्ष्य पूरा गरेको हो।
मुम्बईका लागि रियान रिकल्टनले नटआउट १२३ रनको शतकीय पारी खेले। विल ज्याक्सले ४६, नमन धीरले २२ र हार्दिक पाण्ड्याले ३१ रन जोडे।
हैदरावादका लागि प्रफुल हिंगेले २ विकेट लिँदा इसान मालिङ्गा, साकिव हुसेन र नितिश कुमार रेड्डीले १ विकेट लिए।
हैदरावादका लागि ट्राभिस हेडले ७६ र हेनरिक क्लासेनले नटआउट ६५ रनको अर्धशतकीय पारी खेले। अभिषेक शर्माले ४५, नितिश कुमार रेड्डीले बनाउँदा सलिल अरोराले नटआउट रहँदै ३० रन बनाए।
मुम्बईका लागि एएम घजनफरले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याको नाममा एक एक विकेट रह्यो।
९ खेलमा १२ अंक बनाएको हैदरावाद तालिकाको तेस्रो स्थानमा उक्लिँदा ८ खेल खेलेको मुम्बई चार अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ।
दश टोली सहभागी प्रतियोगितामा आज डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच राति पौने ८ बजे अहमदावादमा खेल हुनेछ।




















