Logo

२३ वैशाख,वीरगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ अलराउन्डर आरिफ शेखले विभागीय बढुवा प्राप्त गरेका छन्। वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी शेख प्रहरी जवानबाट सहायक हवल्दारमा पदोन्नति भएका हुन्।

नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका शेखले लगातार दुई पटक जय ट्रफीको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। साथै प्रो क्लब च्याम्पियनसिपमा समेत विभागलाई उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखाएको प्रदर्शन र विभागीय सफलतामा योगदानको कदर गर्दै नेपाल पुलिस क्लबले पदोन्नति गरेको हो।

पदोन्नतिसँगै अर्को सिजनका लागि नेपाल पुलिस क्लबका खेलाडीहरूलाई खेलकुद सामग्री समेत वितरण गरिएको क्लबले जनाएको छ।


सम्बन्धित समाचार