Logo

१९ जेष्ठ चितवन । माडीको वसन्तपुरमा सञ्चालन भइरहेको नगरस्तरीय माडी मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तर्गत हिजो भएकोे तेस्रो दिनका खेलहरूमा जनकल्याण माध्यमिक विद्यालय र दिवाकर स्मृति माध्यमिक विद्यालय विजयी भएका छन् ।

छात्रतर्फ भएको प्रतिस्पर्धामा जनकल्याण माविले खैरहनी माविमाथि ३-० को स्पष्ट जित दर्ता गर्यो। उत्कृष्ट प्रदर्शन गरेका जनकल्याणका अनिल परियार खेलको प्लेयर अफ द म्याच घोषित भए ।

यता छात्रातर्फ दिवाकर स्मृति माविले जनकल्याण माविलाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाएको छ । उक्त खेलमा उत्कृष्ट खेल प्रस्तुत गरेकी जस्मिन महतो प्लेयर अफ द म्याच चुनिइन् ।

प्रतियोगिताअन्तर्गत आज छात्रतर्फ माडी मावि र जनकल्याण माविबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । माडी नगरपालिकाको आयोजनामा “शिक्षासँगै खेलकुद” भन्ने मूल नारासहित सञ्चालन भइरहेको प्रतियोगिता जेठ २४ गतेसम्म जारी रहनेछ। प्रतियोगिताले विद्यालयस्तरमा खेल प्रतिभाको विकास र विद्यार्थीहरूमा खेलप्रतिको रुचि अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार