Logo

५ असार,वीरगञ्ज ।वीरगञ्जमा सवारी चालकहरूलाई लक्षित गर्दै लागूऔषध सेवन (लापसे) सम्बन्धी चेकजाँच गरिएको छ। ट्राफिक प्रहरीले नारायणी अस्पतालको सहकार्यमा शुक्रबार गण्डक चोक क्षेत्रमा विशेष जाँच अभियान सञ्चालन गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार २२ वटा सवारीसाधनका चालकको परीक्षण गर्दा ५ जना चालकले लागूऔषध सेवन गरेको पुष्टि भएको थियो। तीमध्ये एक निजी तथा चार सार्वजनिक सवारीसाधनका चालक रहेको प्रहरीले जनाएको छ।

लापसे पोजिटिभ देखिएपछि पाँचै जना चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

प्रहरीका अनुसार सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्ता चेकजाँच नियमित रूपमा सञ्चालन गरिँदै आएको छ। निरीक्षक श्रेष्ठले आगामी दिनमा पनि लापसे चेकजाँच अभियानलाई निरन्तरता दिइने बताएका छन्।

सवारी सुरक्षामा जोखिम बढाउने चालक व्यवहार नियन्त्रण गर्न गरिएको यो अभियानले सडक सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार